ला लिगामा आज उपाधि दाबेदार टोलीहरु भिड्दै

काठमाडौं /  स्पेनिस ला लिगा अन्तर्गत  आज ४ खेल लिगका बलिया र उपाधि दाबेदार टोलीको हुँदैछन् ।  लिग विजेता बार्सिलोना, एथ्लेटिको मड्रिड, रियल मड्रिड, भ्यालेन्सियालगायात टोलीको खेल आज हुनेछन् ।

समान १० खेलबाट बार्सिलोना २१ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा २० अंक भएको अलाभेस छ भने तेस्रो स्थानमा १९ अंक भएको सेभिल्ला छ । रियल मड्रिड भने मात्रै १४ अंक लिएर नवौं स्थानमा छ ।

आज नयाँ प्रशिक्षक सान्टियागो सोलारीको नेतृत्वमा ११औं खेल खेल्दा रियल लगातारको खराब लयलाई अन्त्य गर्न चाहन्छ ।   लगातार  ३ खेल हारेको सबैभन्दा  रियल मड्रिड बढी दबाबमा हुनेछ,  पछिल्ला ५ खेलमा ऊ जितविहीन छ ।

आज हुने पहिलो खेलमा

लेगानेस विरुद्ध एथ्लेटिको मड्रिड  – साँझ ५ः४५ बजेबाट

रियल मड्रिड विरुद्ध भाल्लाडोलिड – राति ९ बजेबाट

भ्यालेन्सिया विरुद्ध जिरोना      – राति ११ः१५ बजेबाट

रायो भालेकानो विरुद्ध  बार्सिलोना राति १ः३० बजेबाट


प्रतिक्रिया दिनुहोस्