मेस्सी प्रशिक्षणमा फर्किए पनि भालेकानोविरुद्ध खेल नखेल्ने

बार्सिलोना / स्पेनिस ला लिगा अन्तर्गतभालेकानोविरुद्धको खेलमा बार्सिलोनाका नियमित कप्तान लिओनल मेस्सी नखेल्ने भएका छन् ।

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले भालेकानोविरुद्ध खेल्ने खेलाडीको सूची सार्वजनिक गर्दा मेस्सीको नाम परेको छैन । मेस्सी पछिल्लोपटक सेभिल्लाविरुद्धको खेलक्रममा घाइते भएका थिए । चोटपछि यसै साताबाट प्रशिक्षण क्याम्पमा फर्किए पनि मेस्सीले यो खेल भने गुमाउनेछन् ।

मेस्सी पूर्ण रूपा फिट भइनसकेकाले उनले यो खेल गुमाउने भएका हुन् । लिगको सुरुआतमा उच्च लयमा देखिएका मेस्सीले हालसम्म ७ गोल गरेका छन । एजेन्सी


प्रतिक्रिया दिनुहोस्