झापामा भर्खरै भयानक दुर्घटना, एकको घटनास्थलमै मृत्यु

झापा १७ कार्तिक,/ पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको झिलझिलेमा सवारी दुर्घटना भएको छ । दुर्घटानाामा परि पाँचथर कुमायक गाउँपालिका– २ निवासी २८ वर्षीय श्रवणकुमार शेर्मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल चालक ४० वर्षीय तारा शेर्मा गम्भीर घाइते भएकाले बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ६ प ८९७४ नम्वरको मोटरसाइकल बिपरित दिसावाट आउँदै गरेको को २ च ११८१ नम्वरको मारुती भेनसंग ठोक्किदा मोटरसाइकलमा पछाडि सवार शेर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार दुबै जना पाँचथर माङजाबुङ – ३ निबासी र एकै घरको दाजुभाइ रहेको जनाइएको छ । चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएकाले मारुतीभेनसंग मोटरसाइकल ठोक्किएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले बताउनुभयो


प्रतिक्रिया दिनुहोस्