इन्डियन आर्मीलार्इ हराउँदै गभनर्स गोल्ड कपको उपाधी मनाङले जित्यो

कात्तिक १७, काठमाडौं  /  सिग्नेचर मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
सिक्किममा शनिबार भएको फाइनलमा इन्डियन आर्मीमाथि १–० को जित निकाल्दै मनाङले उपाधि जितेको हो । मनाङका लागि एकमात्र गोल सुजल श्रेष्ठले गरेका थिए । उनले खेल सकिन ९ मिनेट अघि गरेको गोल खेलेको निर्णायक बनेको थियो ।


सिक्किमको पल्जोर रंगशालामा भएको फाइनलमा ८१औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोलनै निर्णायक भएको थियो । उनले पेनाल्टी मार्फत गोल गरेका थिए । सोही गोलको अग्रता अन्त्यसम्म जोगाए पछि मनाङले ३८औं गोल्डकपको उपाधि जित्न सफल भएको हो ।

मनाङ यसअघि २ पटक यस गोल्डकपको फाइनलमा पुगे पनि उपधि भने जित्न सकेको थिएन् ।

मनाङले २०१३ र २०१४ को फाइनल खेलेको थियो । यस पटक नेपालबाट मनाङ र विभागीय क्लब एपीएफ गभर्नर्स गोल्डकप खेल्न गएका थिए ।


प्रतिक्रिया दिनुहोस्