ताप्लेजुङमा प्रहरीद्वारा हजारौंको पटका नष्ट

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, १७  कात्तिक / ताप्लेजुङमा प्रहरीले विभिन्न किसिमका अवैध पटका बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले सदरमुकाम फुङ्लिङ बजारमा आतिसवादी पटका, भुँइचम्पा, झिरझिरेजस्ता पटकाजन्य बिस्फोटक पदार्थ बरामत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय परिसरभित्र बरामत पटकाजन्य विस्फोटक पदार्थ नष्ट गरिँदै । तस्बिर : प्रयास ।

फुङ्लिङ बजारको दोबाटो नजिक कोप्चे क्षेत्रबाट गोप्य सूचनाका आधारमा उक्त पटकाजन्य बिस्फोटक पदार्थ बरामत गरिएको प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । प्रनाउ थापाका अनुसार जगमग लेखिएको पटका एक हजार २९६ थान, तुफान लेखिएको ७२ थान, गोलो पटका सातसहित एक हजार ३७५ थान, गोल्डेन कोब्रा लेखिएको खुर्सानी पटका एक हजार ५९६ गरी कुल दुई हजार ९७१ थान पटका प्रहरीले फेला पारेको छ । फेला परेको उक्त पटकालाई खाडल खनी पानीले भिजाएर नष्ट गरिएको छ ।

यस्तै डाका मुद्दामा छ वर्ष कैदर नीत लाख ८७ हजार रुपियाँ जरिवाना तोकिएका एकजना फरार अभियुक्त २० वर्षपछि पक्राउ परेका छन् । जिल्लाको साविक आम्बेगुदिन २ घर भई हाल झापाको कचनकवल गाउँपालिका ७ बस्ने ६० वर्षीय जीतबहादुर नेपाली पक्राउ परेका हुन् । नेपालीलाई शुक्रबार अदालतमा उपस्थित गराई अदालतको आदेशानुसार कारागार चलान गरिएको प्रनाउ थापाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार असोज १० गतेदेखि कात्तिक दोस्रो सातासम्मको एक महिनाको अवधिमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादी प्रक्राउ परेका छन् । यस अवधिमा कुल ४७ वर्ष चार महिना २७ दिन कैद सजाय र १८ लाख ६६ हजार १२४ रुपियाँ जरिवाना रकम पनि फरार प्रतिवादीहरुबाट असुल भएको समेत प्रहरीले जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्