प्रिमियर लिगमा युनाइटेडको बोर्नमाउथविरुद्ध जित

बोर्नमाउथ /   प्रिमियर लिग  अन्तर्गत म्यानचेस्टर युनाइटेडले  एएफसी बोर्नमाउथविरुद्ध २–१  कोजित निकालेको छ ।

१–० ले पछि परेको खेल उल्टाउँदै युनाइटेडले  इन्जुरी समयको दोस्रो मिनेटमा ९२  औं मिनेटमा मार्कोस रासफोर्डले गोल गरेपछि युनाइटेडलेले विजयी भएको थियो ।

११ औं मिनेटमा कालुम विल्सनको गोलबाट बोर्नमाउथले अग्रता लिएको थियो । ३५ औं मिनेटमा एन्टोनियो मार्सियलले बराबरी गोल गरेका थिए । मार्सियलको त्यो प्रिमियर लिगमा लगातार चौथो गोल हो । बोर्नमाउथ र युनाइेडको समान २० अंक छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्