बार्सिलोनाको उत्कृष्ट कमब्याक जित, सुअारेजको २ गोल

कात्र्तिक १८,/  स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३-२ को कठिनले पराजित गरेको छ ।


जोर्डी अल्बाकको पासमा  बार्सिलोनाका लागि लुइस सुअारेजले खेलको १० अौं मिनेटमा अग्रता लिएको थियो ।  ३७ अौं मिनेटमा  जोसे पोजोको गोलसँगै पहिलो हाफ १-१ भालेकानोले बराबरी गोल फर्कायो ।

दोस्रो हाफमाको ५७ अौं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि भालेकानोले अग्रता लियो ।  अन्तिम तीन मिनेट समयमा दुई गोल गरेपछि खेलमा बार्सिलोना फर्कियो । ८७ अौं मिनेटमा अोस्मान डेम्बेलेले बराबरी गोल बराबरी गोल फर्कायो । ९०अौं मिनेटमा लुइस सुअारेजले विजयी गोल गरे । अन्तिम ३ मिनेटमा दुई गोल गर्दै बार्सिलोनाले महत्त्वपूर्ण ३ अंक हासिल गरेको हो ‌‌।

शीर्ष स्थानमा बार्साको ११ खेलमा २४ अंक छ भने एट्लेटिको म्याड्रिड समान खेलमा २० अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको अलाभेस २० अंक सहित तेस्रो स्थानमा छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्