प्रदेश नम्बर २ का प्रमुख कायस्थले रोके भारतीय राष्ट्रिय गान

राजविराज, १७ चैत्र । प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले एक सार्वजनिक समारोहमा भारतीय राष्ट्रिय गानमा रोक लगाएका छन् ।
नेपाल र भारतका कायस्थ जातिका अगुवाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा कार्यक्रमको सूचीमा नेपाली र भारतीय दुवै देशको राष्ट्रिय गानको कार्यक्रम राखिएको थियो ।

फाइल तस्विर

कायस्थ जातिको जातीय समिति चित्रगुप्त सेवा समितिको स्वर्ण महोत्सवमा सप्तरीको राजविराजमा शनिबार आयोजना कार्यक्रम भारतीय राष्ट्रिन गानको उनले रोक लगाएका छन।प्रदेश प्रमुख कायस्थाको आग्रहमा भारतीय राष्ट्रिय गान कार्यक्रमको सुचीबाट हटाएको आयोजक संस्था चित्रगुप्त सेवा समितिका महासचिव सतिषकुमार दत्तले दिए । प्रदेश प्रमुख कायस्थका प्रमुख स्वकीय सचिव मो युसुफले आफूले नै आयोजकलाई भारतीय राष्ट्रिय गान कार्यक्रममा नराख्न आग्रह गरेको उनले बताए छन।


प्रतिक्रिया दिनुहोस्