मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधन

काठमाडौं, १८ कातिक / मानवअधिकारकर्मी तथा नागरिक अगुवा पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा आज निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचरका क्रममा तुलाधरको निधन भएको उनका परिवारका सदस्य तथा मानवअधिकारकर्मी गौरी प्रधानले जानकारी दिएका छन् ।

पूर्व राजनीतिज्ञ समेत रहेका तुलाधर मस्तिष्क स्नायुसम्बन्धी गम्भीर रोगसँग जुधिरहेका थिए । बिरामी भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा सारिएको थियो । तुलाधार २०५१ सालको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभामा विजयी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्