च्याम्पियन्स लिगमा लियोनल मेस्सीको पुनरागमन

बार्सिलोना /  चोटपछि कम्तीमा तीन साता गुमाउने भनिएपनि सोचे भन्दा अगावै प्रशिक्षणमा फर्किएका मेस्सी  मंगलबार मिलानसँग हुने च्याम्पियन्स लिगको खेलका लागि बार्सिलोना टोलीमा मेस्सीले स्थान पाएका छन्।

सेभिल्ला विरुद्धको खेलमा हातमा चोट परेको लियोनल मेस्सी  मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले मेस्सीलाई टोलीमा समावेश गरेका छन्।  प्रशिक्षणमा फर्किएपनि मंगलबारहुने खेलमा टोलीमा फर्किने भने अपेक्षा कमैले गरेका थिए।

मेस्सीलाई प्रशिक्षकले टोलीमा समावेश गरेपनि मैदानमा मौका नदिने सम्भावना भने अझै बलियो छ। शुक्रबार भएको पोस्ट म्याच कन्फरेन्समा भाल्भार्देले मेस्सीलाई खेलाउनु जोखिमपूर्ण हुने भनेपनि खेलाउन सक्ने सम्भावना रहेको बताएका थिए।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्