म्यानचेस्टर सिटी साउथह्याम्टनविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा

काठमाडौं, /  इंग्लिस प्रियिमर लिग आइतबार रातिको खेलमा म्यानचेस्टर सिटीले साउथह्याम्टनविरुद्ध ६–१  को गोलको जित  निकाल्दै  अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको हो ।

एक गोल  उपहार पाएका म्यानचेस्टर सिटीको जितमा रहिम स्टर्लिङले २ गोल तथा सर्जियो अगुएरो, डेभिड सिल्भा र लेरोय सानेले समान एकएक गोल गरे भने  खेलको सुरुआतमै साउथह्याम्टनका वेस्ले होइडको आत्मघाती गोलमार्फत् सिटीले अग्रता बनाएको थियो । उनले छैटौं मिनेटमा नै सिटीलाई एक गोल उपहार दिएका थिए भने  म्यानचेस्टर सिटीको लागी १६ औं मिनेटमा अगुएरोले  र सिल्भाले १८ औं मिनेटमा गोल गर्दै अग्रता 3-o बनाए ।

यसैगरी साउथह्याम्टनका डेनी इङ्सले ३० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेर खेल ३–१ मा ल्याउँदा रहिमले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पहिलो हाफ सिटीलाई ४–१ को अग्रता बनाए ।

यस्तै दोस्रो हाफमा रहिमले एक थपे । उनले ६७ औं मिनेटमा गोल गरे भने सानेले खेलको इन्जुरी समयमा गोल गर्दै सिटीलाई ६–१ को जित दर्ता गराए । जितसँगै सिटीले अंकतालिकाको शीर्ष स्थान कब्जा गरेको छ । उसले ११ खेलबाट २९ अंक जोडेको छ ।


प्रतिक्रिया दिनुहोस्