नोट अफ डिसेन्ट लेख्नु आफ्नै निर्णय बिरुद्ध आफू उभिनु हो : युवा नेता शाह

काठमाडौं कार्तिक ,
नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले पर्टिका नेताहरूले केन्द्रिय कार्य समितिको बैठकमा लेखेको नोट अफ डिसेन्ट बिगतमा आफुले गरेको निर्णय विरुद्ध को नोट अफ डिसेन्ट भएको बताउनु भएको छ।

सगरमाथा टेलिभिजनसँग कुराकानी गर्दै कांग्रेस नेता शाहले जिम्मेवार नेताहरूले लेखेको नोट अफ डिसेनको कारणले नेपाल विद्यार्थी संघको महाधिवेशनलाई अन्योल बनाएको जिकिर गर्नु भयो। बिगतमा प्रदिप पौडेल लगायतका नेताहरूले ३२ बर्षको उमेर हदबन्दी लगाएको र उनीहरुनै अहिले सोही निर्णयको विपक्षमा हुनु गलत भएको शाहको बताउनु भयो। सोहि अन्तरवार्तामा शाहले आगामी निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीलाई उछिनेर अगाडि बढ्न नेपाल विद्यार्थी संघले मात्रै १० लाख नया मतदाता थप्नु पर्नेमा जोड दिनु भयो। नेपाल विद्यार्थी संघको काधमा १० लाख नया मतदाता थप्नु पर्ने जिम्मेवार सुम्पिन पनि नेपाल विद्यार्थी संघको समयमै महाधिवेशन हुन जरुरी रहेको उहाँको बुझाई छ।


प्रतिक्रिया दिनुहोस्