त्रासका कारण दुई गाउँ पुरुषहीन

काठमाडौं १९ कार्तिक / जिल्लाको दक्षिणपश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिकाअन्र्तगत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्षमाथि कुटपिट एवं गोली प्रहारबाट एकजनाको मृत्यु र ७ जना घाईते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समुहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुषविहीन बनेका छन् ।

घटनापश्चात दुई गाउँका पुरुष डरले भागेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । अनावश्यक डरत्रासले खैर्वाा र बोहर्वा दुई गाउँ पुरुषविहीन भएको छ, प्रहरी उपरीक्षक पोखरेलले भने, पक्राउ पर्ने डरसले सबै पुरुष भागेको हुनसक्ने हाम्रो अनुमान छ ।, आजको अन्नपुर्ण पोष्ट दैनिकमा यो खबर प्रकाशित गरिएको छ । पत्रपत्रिकाबाट


प्रतिक्रिया दिनुहोस्