नारायणहिटी संग्राहलयको प्रवेश शुल्क बढाउने तयारी

काठमाडौ‌ कार्तिक १९ / संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ। पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा मन्त्रालयमा पेश गरेको छ।

करिब तीन साता अघि बसेको बैठकले शुल्क बढाउने प्रस्ताव गरेको हो । सो प्रस्ताव पुरातत्व विभाग हुदै संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश भएको छ। प्रस्तावित नयाँ शुल्कमा नेपाली विद्यार्थीलाई ४०, सार्क राष्ट्रका पर्यटकका लागि ३ सय, तेस्रो मुलकका पर्यटकका लागि ७ सय ५० र नेपाली पर्यटकका लागि १ सय ५० रुपियाँ प्रस्ताव गरिएको छ।

हाल विद्यार्थीका लागि २०, सार्कका पर्यटकका लागि २ सय ५०, तेस्रो मुलुकका पर्यटकका लागि ५ सय र नेपालीका लागि १ सय रुपियाँ उठाउदै आएको थियो। संग्रहालयले श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरवार, रानीले लगाउने मुकुट, एउटा झारी, दुई वटा चमर सहितका एक दर्जन सामाग्री बुलेटप्रुफ सोकेश भित्र राखिएको छ।

संग्रहालयको सुर्खेत र रुपन्देही कक्षमा ती समाग्री राखिएको हो । पुर्वराजा ज्ञानेन्द्रले बिसं २०६५ साल जेठ २९ गते नारायणहिटी शैलुन कक्षको दराजमा राखिएको प्रर्दशनीमा राखिएको हो। आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्