डिमाण्ड बढ्दै स्वस्तिमाको

काठमाडौं, / नायीका स्वस्तिमा खड्का अहिलेकी निकै डिमाण्डेड नायिका हुन् । पछिल्लो समय स्वस्तिमाले काम गरेका प्राय सबै चलचित्रले राम्रो व्यापार गरेका छन । यो बर्षमात्र स्वस्तिमाले काम गरेका ३ वटा चलचित्र सफल भए ।

यो बर्ष स्वस्तिमाको पहिलो सफल चलचित्रको रुपमा ‘नाई नभन्नु ल ५’ हो । बर्षकै पहिलो सफल चलचित्रको रुपमा रहेको ‘नाई नभन्नु ल ५’मा स्वस्तिमा दोहोरो भूमिकामा छिन् । चलचित्रका निर्देशक विकासराज आचार्यले स्वस्तिमालाई नयाँ चलचित्रमा अनुवन्धित गरिसकेका छन् । स्वस्तिमा विशेष भूमिका रहेको चलचित्र ‘छक्का पन्जा ३’ सफल भयो । भलै यो चलचित्रमा स्वस्तिमा हाबी छैनन् । तर, उनले यो चलचित्र हिट भएकोमा खुशी मनाउन भने पाउनेछिन् ।

यो बर्ष नै रिलिज भएको अर्को चलचित्र ‘जय भोले’ले पनि लगानी उठाएको निर्देशक अशोक शर्माले दाबी गरिसकेका छन् । यसैले चलचित्रकी मुख्य नायिका स्वस्तिमा खड्काका लागि ‘जय भोले’को व्यापार पनि सुखद रहेको छ । यसरी लगातार ३ वटा चलचित्र हिट दिएकी स्वस्तिमाको माग अझै बढ्ने पक्का छ । उनी अभिनित नयाँ चलचित्र ‘बुलबुल’ फागूणमा रिलिज हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्