पूरा किताब पढ्नुअघि नै साथीले त्यसको अन्त्य बताइदिन्थे, सहन नसकेर वैज्ञानिकले हाने चक्कु

एजेन्सी / अन्टार्कटिकामा अनुसन्धान गरिरहेका एक वैज्ञानिकमाथि आफ्नो साथीको हत्या प्रयासको आरोप लागेको छ । ती वैज्ञानिकले आफ्नै साथीको हत्या प्रयास गर्नुको कारण भने निकै रोचक छ ।

रुसी मिडिया रिपोर्टका अनुसार ५५ वर्षे वैज्ञानिक इन्जिनियर सर्गेई सेवित्स्की र ५२ वर्षे ओलेग बेलोगुजोभ अन्टार्कटिकको दूर दराजस्थित किंग जर्ज द्वीपमा अनुसन्धानका लागि गत चार वर्षदेखि बसिरहेका थिए । मनोरञ्जनका केही साधन नभएकाले सर्गेईलाई टिभी हेर्ने वा गेम खेल्नुको साटो किताब पढ्न मन पर्दथ्यो ।

सर्गेईसँग लामो समयदेखि काम गरिरहेका ओलेगले उनलाई जिस्काउनका लागि ती किताबको अन्त्यबारे खुलासा गरिदिन्थे जुन सर्गेई कि त पढिरहेका हुन्थे कि पढ्ने तयारीमा हुन्थे ।

                                                                           हमलाकर्ता सर्गेई सेवित्स्की

किताबको अन्त्यको खुलासा गरेपछि रिसाएका सर्गेइले दुई हप्ता अघि रिसर्च स्टेशनको क्यान्टिनमा ओलेगाथि चक्कु हमला गरे । सर्गेइले साथीको छातीमा हमला गरे । उनको स्थिती गम्भीर छ । रुसी अनुसन्धानकर्ताले घटनापछि सर्गेईलाई पक्राउ गरेको छ । अन्टार्कटिकमा हत्याको कोशिशको यो पहिलो घटना हो ।

रुसको यो रिसर्च स्टेशन सन् १९६८ मा बनाइएको थियो । मस्कोमा यो रिसर्च स्टेशनको दुरी लगभग १५ हजार किलोमिटर छ । उक्त इलाकाको तापक्रम –५ डिग्री हुने भएकाले यहाँ अहिलेसम्म बस्ती बसेको छैन ।


प्रतिक्रिया दिनुहोस्