मार्सेलोसँगै लुका मोड्रिकलाई पनि एकसाथ युभेन्टस भित्र्याउने योजना

कात्तिक २० /  रियल मड्रिडका क्रोएसियन स्टार खेलाडी लुका मोड्रिकलाई   इटालियन क्लब युभेन्टसले भित्र्याउने तयारी गरिरहेको छ ।

डन बालोन’ का अनुसार युभेन्टसले रियलका मार्सेलो र मोड्रिकलाई एकसाथ भित्र्याउने भव्य इच्छा देखाएको हो । युभेन्टस हाल रियलका पूवप्रक्षिक जिनेदिन जिदानलाई फुटबल डाइरेक्टरका रूपमा भित्र्याउने तयारी गरिरहेको छ । आगामी जनवरी विन्डोमा रियल छाड्ने मनस्थितिमा रहेका यस वर्षका फिफा तथा युरोपियन वर्ष खेलाडीलाई टुरिन उतार्न सिरी ए च्याम्पियनले इच्छा देखाएको हो ।

यसैबेला उसले जिदानको नेतृत्वमा रोनाल्डो, मार्सेलो र मोड्रिकको भव्य सेट मिलाउन क्रोएसियन कप्तानमाथि आँखा लगाएको हो । युभेन्टसले यसअघि नै मार्सेलो भित्र्याउन छलफल थालिसकेको छ ।

युभेन्टसमा रोनाल्डोसँग उत्कृष्ट सेट मिलाउन युभेन्टसले रियलमा रोनाल्डोसँग तालमेल मिल्ने खेलाडी ताकेको हो । मोड्रिकलाई भने यसअघि इटालीकै अर्को क्लब इन्टर मिलानले विशेष चासो दिएको थियो । रियल मड्रिडका प्रशिक्षक फ्लोरेन्टो परेरेजे मोड्रिकको दाम ७ सय मिलियन युरो तोकेपछि मिलान पछाडि सरेको थियो ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्