च्याम्पियन्स लिगमा आज आठ खेल हुँदै,आज हुने खेल र समय

कात्तिक २० / युरोपियन च्याम्पियन्स लिग फुटबल  अन्तर्गत मूह चरणका आज ८ खेल हुँदैछन् । आज इंग्लिस क्लब लिभरपुल/रेड स्टार बेलग्रेड, स्पेनिस क्लब एथ्लेटिको मड्रिड–बोरुसिया डर्टमुन्डका खेल पनि चर्चामा हुनेछन् ।

आज हुने अर्को ठूलो खेलमा इटालियन इन्टर मिलान र स्पेनिस बार्सिलोना आमनेसामने हुँदैछन् । बार्सिलोनाका कप्तान लिओनल मेस्सी चोटमुक्त हुँदै आजको खेलबाट मैदान फर्किंदैछन् ।

आज हुने खेल र समय :

रेल स्टार बेलग्रेडविरुद्ध लिभरपुल – ११ः४० बजेदेखि
मोनाकोविरुद्ध क्लब ब्रुगी – ११ः४० बजेदेखि
एथ्लेटिको मड्रिडविरुद्ध बोरुसिया डर्टमुन्ड – १ः४५ बजेदेखि
टोटनह्यामविरुद्ध पिएसभी इन्डोभिन – १ः४५ बजेदेखि
शाल्केविरुद्ध गालाटासरी – १ः४५ बजेदेखि
नापोलीविरुद्ध पिएसजी – १ः४५ बजेदेखि
पोर्टोविरुद्ध लोकोमोटिभ मोस्को – १ः४५ बजेदेखि
इन्टर मिलानविरुद्ध बार्सिलोना – १ः४५ बजेदेखि

एजेन्सी


प्रतिक्रिया दिनुहोस्