नेइमार पुन बार्सिलोनै फर्किन चाहन्छन्’

कात्तिक २० /  ब्राजिलियन सुपरस्टार नेइमार २ वर्षअघि  विश्वकीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोना छाडेर फ्रान्सको क्लब पिएसजी गएका नेइमार पुनः बार्सिलोनै फर्किन चाहेको खबरहरू आइरहेका छन् ।

ब्राजिलियन खेलाडी पेरिसमा रमाउन नसकेपछि उनले पुनः क्याम्प नोउमा फर्किने मनस्थिति बनाएका हुन् । सन् २०१३ देखि २०१६ सम्म बार्सिलोनामा सँगै खेलेका नेइमारका पूर्वसहकर्मी मार्टिनले यतिबेला नेइमारले बार्सिलोना फर्किन चाहेको खुलासा गरेका हुन् । ‘नेइमार बार्सिलोना फर्किन चाहन्छन्, यो सत्य हो,’ मार्टिनले भनेका छन्, ‘तर, अहिले अवस्था सजिलो छैन ।’

मार्टिनले भनेका छन् ;  पिएसजीले नेइमारका लागि मोटो रकम खर्चिएको उल्लेख गर्दै उसले सजिलै नेइमारलाई नछाड्ने पनि बताए । ‘पिएसजी निकै राम्रो टोली हो । उनीहरूले अहिले सजिलै नेइमारलाई छाड्छन् जस्तो मलाई लाग्दैन । ’एजेन्सी


प्रतिक्रिया दिनुहोस्