च्याम्पियन लिगमा बार्सिलोना र इन्टर मिलानको रोमान्चक ड्र

काठमाडौं /   च्याम्पियन लिग फुटबल अन्तर्गत  इन्टर मिलान र बार्सिलोना  १-१ को संगै निकै रोमान्चक बाराबरि खेल बन्न पुग्यो।

पहिलो हाफमा कुनै गोल हुन सकेन भने खेलको दोस्रो हाफको ८१ औ मिनेटमा बार्सिलोना लागि डेम्बेलेको स्थानमा युवा  खेलाडी माल्कोमको  प्रवेशको दोस्रो मिनेटमा नै बार्सिलोनाका निम्ति अग्रता दिलाए।

खेलमा निकै कम प्रयास गरेको इन्टरले माल्कोमको गोललाई बराबरीमा ल्याउन ८७ औ मिनेटमा इकार्डीले इन्टरका निम्ति गोल गरे र खेललाई ड्रमा ल्याए।

ग्रुप चरणको बि ग्रुप अन्तर्गत बार्सिलोना यस खेलसंगै ४ खेल्दै १ ड्र र ३ जितसंगै १० अंक बटुलेको छ भने इन्टरले ७ अंक बटुलेको छ। यस खेलसंगै बार्सिलोनाले अन्तिम १६ मा प्रवेशको पक्का गरेको छ।

 


प्रतिक्रिया दिनुहोस्