यूएईमा नेपाली महिलाबीच छुरा हानाहान, एकको मृत्यु तीन घाइते

काठमाडौ‌ कार्तिक २१, / संयुक्त अरब इमिरेट्स (यूएई )को सारजाहस्थित तान्जिफ्को इमिरेट्स कम्पनीमा कार्यरत नेपाली महिला शोकमा डुबेका छन्। त्यस क्याम्पमा २ सय ७२ नेपाली महिला कार्यरत छन्।

९ कात्तिकमा सिन्धुलीकी सविना तामाङले काठमाडौंकी सिर्जना बराललाई छुरा प्रहार गरी हत्या गरेपछि नेपाली महिला त्रसित छन्। सविनाकोे छुरा प्रहारबाट अर्की महिला ममता चौधरी गम्भीर घाइते छिन्। घटनामा सलिना मगर र आशा दर्जी पनि सामान्य घाइते भएका छन्। महिलाहरुबीच सामान्य विवादमै सविनाले सँगै बस्ने सिर्जनालाई मध्यराती छुरा हानेर हत्या गरेकी हुन्। आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।

 


प्रतिक्रिया दिनुहोस्