सयपत्री फूलका फाइदै फाइदा

काठमाडौ‌ कार्तिक २१, / फूल कसलाई मन नपर्लारु त्यसमा पनि सयपत्री। फूल भन्ने वित्तिकै नेपालीले तिहार सम्झिन्छन्। किनकी तिहारलाई फूलको चाड भनेर पनि बुझिन्छ।

तर, तिहार, अन्य चाडपर्व तथा धार्मिक अनुष्ठानमा अत्यधिक प्रयोग हुने सयपत्री फूलको धार्मिक महत्व जति छ, वैज्ञानिक महत्व पनि त्यति नै छ। सयपत्री फूल २५ थरीका हुन्छन्।

यस्ता छन् सयपत्री फूलका फाइदा

सयपत्री फूललाई सुकाएर चियाका रुपमा प्रयोग गर्न सकिन्छ। यसले पेट सम्बन्धी विभिन्न रोगजस्तै ग्यास्टिक, अल्सर, पेटमा एसिड वढेको निको हुने गर्छ।

सयपत्रीको चास्नी बनाएर पिउनाले रुघाखोकी, ज्वरो ठिक हुन्छ। सयपत्री फूललाई सुकाएर पिसेर लगाउनाले अनुहार चिल्लो हुन्छ। अनुहारको घाउ पनि निको हुन्छ।

आँखा र छालामा हुने विभिन्न समस्यामा सयपत्रीले औषधिको काम गरेको हुन्छ। सुकेको सयपत्री फूललाई तातोपानीमा हालेर नियमित पिउनाले मुखको अल्सर निको हुन्छ।

ब्रेस्ट क्यान्सर हुनेले नियमित रुपमा सयपत्री फूल प्रयोग गर्नाले बिस्तारै कम हुँदै जान्छ। विभिन्न तारे होटेलमा सयपत्री फूललाई सुप, सस, सलाद, जुस र केकमा प्रयोग गर्छन्। जुन स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिन्छ। आजको नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ।


प्रतिक्रिया दिनुहोस्