१२६ घण्टा लगातार नृत्य गरेर गिनिज बुकमा नाम लेखाउँदै बन्दना नेपाल

काठमाडौं कार्तिक, / धनकुटाकी बन्दना नेपालले १ सय २६ घण्टा लगातार नृत्य गरेर गिनिज बुकमा नाम लेखाउने भएकी छिन् । आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि एक विज्ञप्तीका साथ सो जानकारी गराईएको हो ।

यो भन्दा पहिलो सो विधामा भारतकी मलामण्डलम हेमलथाको नाम थियो । उनले सो विधामा लगातार १ सय २३ घण्टा नाँचेर विश्व किर्तिमानी राखेकी जनाईएको छ । यता बन्दनाले भने, उनी भन्दा ३ घण्टा बढि यानकी, १२६ घण्टा नाँचेर रेकर्ड राख्न लागेकी हुन् । उनको सो कार्यक्रम मंसिर ७ को विहान ७ बेजबाट सुरु हुने पनि सम्मेलनमा जानकारी गराईएको छ । सो नृत्य बत्तिसपुतलीस्थित विग फुटल्याण्डमा हुने छ । नेपालको मौलिक संस्कृतिलाई विश्वसामु चिनाउने प्रयास स्वरुप उनले सो नुत्य गर्न लागेकी हुन् । जसका लागि उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले अनुमति पनि दिईकेको बन्दना बताउँछिन् ।

सानै देखि गितसंगित तथा नृत्यमा रुची राख्ने बन्दना अहिले आएर नृत्यबाट नै संसारसामु आफु अनि नेपाललाई पनि सँगसँगैं चिनाउन लागेकी छिन् । कार्यक्रममा विभिन्न मौलिक पहिरन र भेषभूषामा नृत्य प्रस्तुत हुने छ । सो समारोहलाई देशका विशिष्ट ब्यक्तित्वहरुले समुद्घाटन गर्ने जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्