कोउटिन्हो घाइते, ३ साता मैदानबाहिर रहने

बार्सिलोना  /    ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो मंगलबार भएको इन्टर मिलनविरुद्धको खेलमा  चोटका कारण कम्तिमा ३ साता मैदानबाहिर रहने भएका छन् ।

देब्रे खुट्टाको मांशपेशीमा हल्का च्यातिएको परिक्षणमा देखिएपछि बार्सिलोनाको स्वास्थ्य टोलीले कोउटिन्हो जानकारी दिएको छ । इन्टर मिलनविरुद्धको १-१ गोलको बराबरीमा टुंगिएको  खेलमा कोउटिन्हो घाइते भएका थिए ।  खेलमा सुरुवाती रोजाईबाट खेलेका कोउटिन्हो पुरै ९० मिनेट नै मैदानमा बिताएका थिए ।

जारी सिजन बार्सिलोनाका लागि ५ गोल गरिसकेका कोउटिन्होले  आइतबार हुने रियल बेटिसविरुद्धको खेल गुमाउने पक्का भएको छ  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल  ब्राजिलले उरुग्वे र क्यामरुनको सामना गर्दैछ । त्यसपछि नोइभेम्बर २४ मा लिगको खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडसँग खेल्दैछ भने मध्यसातामा पीएसभीसँग च्याम्पियन्स लिग खेल खेल्नेछ ।

च्याम्पियन्स लिगमा दोस्रो चरणमा स्थान पक्का गरिसकेको बार्सिलोना हाल ला लिगाको शीर्ष स्थानमा छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्