अमेरिकी संसदमा नेपाली मूलका भण्डारी निर्वाचित

न्यूयोर्क, २३ कात्तिक /  नेपाली मुलका ह्यारी ९एचबी० भण्डारीले मेरिल्याण्ड राज्यको तल्लो सदन ‘हाउस अफ डेलिगेट’ मा निर्वाचित भएका छन् । आजको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

मंगलबारको निर्वाचनमा भण्डारी मेरिल्याण्ड राज्यको ड्रिस्ट्रिक ८ बाट निर्वाचित हुन सफल भएका हुन् । अमेरिकी मुलधारको राजनीतिमा प्रत्यक्ष निर्वाचनबाट चुनिने भण्डारी, पहिलो नेपाली मुलका अमेरिकी हुन् । मेरिल्याण्ड राज्यमा रहेका ४७ ड्रिस्ट्रिक बाट हाउस अफ डेलिगेटमा एक सय ४१ जनाले प्रतिनिधित्व गर्दछन् ।

गत जुनमा भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स ड्रिस्ट्रिक ८ को प्रारम्भीक चुनावमा जित हासिल गरेका थिए । मंगलबारको अन्तिम प्रतिस्पर्धामा भण्डारीले दोस्रो स्थान हात पार्दै हाउस डेलिगेटमा चुनिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्