‘बङ्गलादेशको संसदीय निर्वाचन डिसेम्बर २३ मा हुने’

ढाका, बङ्गलादेश, २२ कात्तिक / बङ्गलादेशले आगामी डिसेम्बर २३ मा संसदीय निर्वाचन गर्ने भएको यहाँका अधिकारीले जनाएका छन् । सरकार र विपक्षीबीच संसदीय निर्वाचनको मिति तोक्ने तथा यसको निष्पक्षताका बिषयलाई लिएर शङ्का उपशङ्का चलिरहेका समय निर्वाचन आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको हो ।

बङ्गलादेशका प्रमुख निर्वाचन आयुक्त नुरूल हुडाले राष्ट्रिय टेलिभिजनमार्फत दिएको जानकारीमा निर्वाचनलाई स्वच्छ तथा मर्यादित बनाउन निर्वाचन आयोगले सम्पूर्ण तयारी गरिसकेको छ ।  निर्वाचन आयोगको निर्वाचन मिति घोषणाप्रति प्रतिपक्षी दलले असन्तुष्टि प्रकट गरेको छ ।

उसले निर्वाचनलाई प्रजातान्त्रिक मूल्यमान्यता अनुसार गराउन सत्तापक्षबाट समस्या हुनसक्ने आशङ्का व्यक्त गर्दै प्रतिपक्षी समूहरूले विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।
मतदान सन् २०१८ को डिसेम्बर आइतबारका दिनमा नै हुनेछ, हुडाले बताउनुभयो । उहाँले निर्वाचनमा सहभागिता हुनका लागि आगामी नोभेम्बर १९ मा उम्मेदवारी दर्ता गरिने जानकारी गराउनुभयो ।
सरकारले उपचारका लागि स्वीकृति दिएपछि आफ्नो स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना भएकी प्रतिपक्षी नेत्री खालिदा जियालाई पुनः जेल पठाइएको छ । सशक्त प्रतिपक्षी नेत्री जियालाई जेलमा राखेर हुने निर्वाचन स्वच्छ हुनेमा प्रतिपक्षीले आशङ्का व्यक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्