तराई मधेसका सीमावर्ती क्षेत्र बन्यो, दारु पिउने दरुवाको अखडा

कात्तिक २५, सिरहा / भारतको विहातर राज्यमा मदिरा रक्सीमा दुई बर्षअघि प्रतिबन्ध लगाएपछि नेपालको तराई मधेसका सीमावर्ती क्षेत्र विहारवासी दारु पिउने दरुवाको अखडाजस्तै बनेको छ ।

सीमा क्षेत्रका झोपडीका मदिरा पसल अहिले झकिझकाउ छन् । कुनै विशेष समारोहका लागि बनाइएका स्वागतद्धारजस्तै गरी दारु पसलका बोर्ड सझाईएका छन् ।

साँझ परेसँगै सीमापारि र वारिकै पनि दरुवाहरुको भीडभाड बढ्छ । रङ्गीचंगी बत्तीसँगै हिन्दी गीत बज्न थाल्छन् अनि सम्साँझै सुनसान हुने सीमाका बजार मध्यरातसम्म जुल्जार हुन्छन् ।

साँझ पर्नासाथ भारतको बिहारका नाकाबाट दारुपारखी नेपाल आउन थाल्छन् भने कोही हिँडेरै आउँछन् । कोही गाडी लिएर आउने गरेका छन् ।
तराई मधेसको सिमावर्ती क्षेत्रमा अहिले सबभन्दा बढी फस्टाएको बजार नै मदिराको हो ।, आजको गोरखापत्र दैनिकमा यो खबर प्रकाशित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्