ताप्लेजुङ प्रवास समिती मलेसियाको अध्यक्षमा खगेन्द्र नाल्बो चयन

-भरत केदेम

मलेसिया, २५ कार्तिक / ताप्लेजुङ प्रवास समिती मलेसियाको आठौं अधिबेसन सम्पन्न भएको छ । दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा निबर्तमान अध्यक्ष भुपेन्द्र माबोको सभापतित्वमा ताप्लेजुङ प्रवास समिती मलेसियाको आठौं अधिबेसन सम्पन्न हो।

अधिबेशनलाई सभ्यभब्य रुपमा सफल बनाउन मलसियाको विभिन्न प्रान्तबाट पाल्नु भएको क्षेत्रिय समिती सदस्य, इन्चार्ज   लगायत ताप्लेजुङ बासी दाजुभाई दिदी बहिनीहरुलाई स्वागत मन्त्यब्य बाट समितिका  सह -सचिब निम दोर्जी शर्पाले स्वागत गरेका थिए ।

समितीको आर्थीक प्रतिबेदन समितिका कोष अध्यक्ष पुर्ण साप्कोटाले पढेर सुनाउदै  पेस गर्नु भएको थियो भने बार्सिक प्रतिबेदन खगेन्द्र नाल्बोले सुनाएको थियो। मन्तव्यको रुपमा कार्यसफलताको शुभकामना प्रदान गरेका थिए । अन्त्यमा अध्यक्ष भुपेन्द्र माबोले कार्यक्रम बिसर्जन गर्नु भएको थियो।

नबनिर्बाचित समिति निम्म बमोजिम छ  । 
अध्यक्ष : खगेन्द्र नाल्बो
उपाध्यक्ष : राज कुमार अङछङबो
उपाध्यक्ष : निम दोर्जी शेर्पा
उपाध्यक्ष : महिला : सुस्मिता लिम्बु
सचिप : बिकास लिबाङ
स -सचिव : चन्द्र अङछङबो
कोष अध्यक्ष : पुर्ण साप्कोटा
सहकोष : काली ब. काम्बाङ
सहित १५ सदस्य चयन गरिएको छ


प्रतिक्रिया दिनुहोस्