दुई भारतीयद्धारा ११ बर्षीया बालिका बलात्कृत

बर्दिया /  ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् । ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् ।

पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ बर्षीया युवक छन् । उनीहरुले बलात्कार गरेको स्विकारिसकेको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए ।

प्रहरीका अनुसार आईतबार करिब ४ बजे दुई बालिका बाख्रा चराउन गएका थिए । साथी पानी पिउन गएको मौका छोपी उनीहरुले ती बालिकालाई बलात्कार गरेका हुन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्