लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

काठमाडौँ / इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझको खेलमा लिभरपुलले फूलह्यामलाई २–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।

आफ्नो घरेलु मैदानमा लिभरपुलका लागि सालाहले ४१ औं मिनेटमा गोल गर्दै पहिलो हाफ १–० को अग्रता दिलाए भने दोस्रो हाफमा शाकिरीले एक गोल थप्दै लिभरपुललाई अंक दिलाए ।

आजको अर्को खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडसँग  सिटीले जित निकालेदै पुनः शीर्ष स्थानमा सिटी रहनेछ ।

 

 

 


प्रतिक्रिया दिनुहोस्