वर्थ डे पार्टीमा बोलाएर युवती र किशोरीमाथि सात जनाद्वारा बलात्कार

काठमाडौ‌ कार्तिक २६ / सिरहाको लहानमा जन्म दिनको पार्टीमा बोलाएर २० वर्षीया युवती र १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ। लहान–११ भेडिया टोलका हरि चौधरीले एक युवती र एक किशोरीलाई आफ्नो वर्थ डे पार्टीमा बोलाएर बलात्कार गरेका हुन्।

किशोरी र युवतीलाई चौधरीसहित सात जनाले सामुहिक बलात्कार गरेका अनुसन्धानको क्रममा खुलेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए। घटना तिहारको भाइटिकाको दिन भएको हो। चौधरीले युवती र किशोरीलाई मेरो वर्थ डे पार्टी छ भन्दै मोटरसाईकलमा चडाएर घर लगेपछि जबर्जस्ती करणी गरेका हुन्। घटनामा संलग्न चौधरीसहित सातै जना फरार छन्।

पीडित किशोरी र युवतीले बलात्कारमा संलग्न तीन जनालाई चिनेको चार जनालाई भने नचिनेको बताएका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। आजको नयाँ पत्रिका दैनिकमा लहानबाट मणिलाल विश्वकर्माले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्