म्यानचेस्टर डर्बी: सिटी शिर्षस्थानमा

म्यानचेस्टर /   इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडलाई  पराजित गरेको छ। सिटीले ३-१ले पराजित गर्दै पुनः लिगको शिर्षस्थानमा उक्लेको छ।

खेलमा ६५ प्रतिशत पोजेसन राखेको सिटीले पहिलो हाफको  १२ औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लियो।  दोस्रो हाफको सुरुआतमा सर्जियो अगुएरोको प्रहारबाट अग्रता दोब्बर गर्यो।  ५८ औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे। सिटीका गोलकिपर एडरसनले लुकाकुलाई लडाएपछि पाएको पेनाल्टीलाई मर्सियालले गोलमा परिणत गरेका थिए।

८६ औं मिनेटमा गुण्डोगनले गोल गर्दै सिटीको जित सुनिश्चित गरे। जितपछि १२ खेलमा सिटीको ३२ अंक छ। दोस्रो स्थानमा रहेको लिभरपुलको ३० अंक छ।  तेस्रो स्थानमा चेल्सीको २८ अंक छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्