मलेशियामा ताप्लेजुङको एक युवाको मृत्यु

-भरत केदेम

मलेशिया, २६ कार्तिक / मलेसियामा आईतबार एक युवाको अचानक मृत्यु भएको छ । पेराकतापा स्थित ताउलिङ कम्पनीमा चार बर्ष देखि कार्यरत मणि कुमार साँबाको मृत्यु भएको हो। मृत्यक ताप्लेजुङ मिक्वाखोला गाउँपालिका वडा नं. ४ साबिक साँबा निवासी हुन्।

मृतक लिम्बू नाईट ड्युटी सकेर साथीहरु सँग  फर्कने क्रममा अचानक आधा बाटोमा गाडी भित्र नै बिहोस भए पछि अस्पताल लैजाने क्रममा स्थानिय समय अनुसार २ बजे मृत्यु भएको हो । अहिले पोस्टमार्टमको लागि शवलाई पेराक अस्पतालमा राखिएको छ । पोस्टमार्टम पछि कम्पनीले आबस्यक कागजपत्र मिलाएर शवलाई नेपाल पठाउने भएको तयारी भएको भरत केदेमले अरुण पोस्टलाई बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्