एचआइभी सर्ने डरले डाक्टरले पोस्टमार्टम गर्न मानेनन् !

काठमाडौ‌ कार्तिक २६, / एचआइभी संक्रमित महिलाले विष खाएर आत्महत्या गरेपछि पोस्टमार्टमका लागि उनको शव धादिङ जिल्ला अस्पताल ल्याइयो।
तर, डाक्टरले पोस्टमार्टम गर्न नमान्दा शव दुई दिनसम्म अस्तालको मुर्दाघरमा थन्किएको छ ।

मृतक निलकन्ठ नगरपालिका–५ खाल्टेकी ३७ वर्षीया शर्मीला श्रेष्ठ (नाम परिवर्तन )  एचआइभी संक्रमित भएको भन्दै डाक्टरले पोस्टमार्टम गर्न नमानेका हुन्।

जिल्ला अस्पतालले पोष्ट मार्टम गर्न नमानेपछि शव त्रिवि शिक्षण अस्ताल ल्याइएर पोस्टमार्टम गरिएको छ। आजको नागरिक दैनिकमा धादिङबाट सरिता श्रेष्ठले यो खबर लेखेकी छन्।


प्रतिक्रिया दिनुहोस्