मलेसियालीको मृत्यु

सोलुखुम्बु, २६ कात्तिक / खुम्बु–पासाङल्हामु गाउँपालिका ४ दिङ्बोचेमा एक मलेसियालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया वङ वेनडी रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

                                                       फाइल तस्विर

आइतबार भ्रमणका लागि खुम्बु आइपुगेको चार जनाको समूह दिङ्बुचेस्थित गुडलक होटलमा बास बसेकै ठाउँमा वेनडीको राति मृत्यु भएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । मृत्युको कारण यकिन नभए पनि लेक लाग्ने समस्या भएको हुन सक्ने अनुमान गरिएको छ । शवको कानूनी प्रक्रिया पूरा गरी परीक्षण्का लागि आज बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्