मेस्सीलाई पिचिची र वर्ष खेलाडीको अवार्ड

बार्सिलोना / ला लिगाअन्तर्गत सिजन २०१७/१८ का लागि सर्वाधिक गोलकर्ता बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले पिचिची अवार्ड र वर्ष खेलाडीको अवार्ड जितेका छन् ।  मेस्सीलाई गत सिजनकै लागि ला लिगाको वर्षभरिको उत्कृष्ट खेलाडीको अवार्ड पनि प्रदान गरियो ।

 

पिचिची र उत्कृष्ट खेलाडीको अवार्ड सोमबार स्पेनमा एक कार्यत्रमबीच ‘मार्सा’ पत्रिकाले प्रदान गरियो । सोमबार पत्रिकाका निर्देशक र ला लिगाका अध्यक्षको उपस्थितिमा विभिन्न विधामा खोलडीलाई अवार्ड बाँडियो ।

मेस्सीले गत वर्ष लिगमा कूल ३६ खेलबाट ३४ गोल गरेका थिए ।  उनले  गत वर्ष बार्सिलोनालाई ला लिगाको उपाधि जिताउँदा मेस्सीले मुख्य भूमिका निभाएका थिए ।

त्यसैगरी, मेस्सीलाई ला लिगाको वर्ष खेलाडीको अवार्ड पनि दिइयो । यसससँगै मेस्सीले पिचिची अवार्ड लगातार तीन पटक र समग्रमा पाँचपटक जितेका छन् । मेस्सी यो जिन पनि ला लिगामा उच्च लयमा देखिएका छन् । यो सिजन मेस्सीले १० खेल खल्दै कूल ९ गरिसकेका छन् ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्