नेपाली कथानक चलचित्र ‘सायाबुङ्ग’लाई युनिर्भसल सर्टिफिकेट प्रदान

काठमाडौं,कार्तिक। किरात राई संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘सायाबुङ्ग’लाई युनिर्भसल सर्टिफिकेट प्राप्त भएको छ । नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले नेपाली कथानक चलचित्र ‘सायाबुङ्ग’लाई गत मङ्गलवार युनिर्भसल सर्टिफिकेट प्रदान गरेको हो । दि पाल्म ग्रुप प्रा.ली.को ब्यानरमा साया रार्इको लगानी र भगिराज राईको निर्देशनमा नेपाली कथानक चलचित्र ‘सायाबुङ्ग निर्माण भएको हो।

नेपालको सुदुरपूर्वी भुभागमा सदियौँदेखी बसोबास गरिआएका किरात समुदाय अन्तर्गत पर्ने राई जातिको भाषा,धर्म,संस्कार र सस्कृतिको अलावा उच्चपहाडी भेगमा बसोवास गरी गोठाले जीवन बिताई रहेको एउटा टुहुरो लिम्बु केटा’मिराक’र गोठ मालिकको छोरी’सुम्निमा’बिचको अन्तर जातिय प्रेम सम्बन्धलाई चलचित्रमा पर्दापण गरिएको छ। सानै उमेरमा आफ्नो अविभावक गुमाउनुको पिडा अर्काको गोठमा, गोठालो बस्नुको बाध्यता र गोठालो बसेर काम गर्दै जाने क्रममा गोठ मालिक’बाङा’को भातिजी छोरी ‘सुम्निमा’ सँग कसरी प्रेम बस्छ र बिच(बिचमा आउने आरोह अवरोहलाई मिराकले कसरी सामना गर्छ भन्ने कुरालाई चलचित्रमा हुबहु प्रस्तुत गरिएको छ।

बाल्यकालदेखी नै सँग(सँगै हुर्किएका ‘मिराक’र ‘सुम्निमा’बिचको मित्रता,आत्मियता र साथीत्वको महान सम्बन्ध कसरी प्रेम सम्बन्धमा परिणत हुनपुग्छरुप्रेम ब्यक्त्त हुन्छकी अब्यक्त हुन्छरु एक र्तर्फि हुन्छकी दुई र्तर्फिनै हुन्छरु के मिराक र सुम्निमाको अन्त्यमा मिलनहुन्छ या बिछोड हुन्छ भन्ने यावत कुरा थाहापाउनको लागि भने आम दर्शकहरुले चलचित्रको प्रदर्शन मिती सम्म कुर्नै प्रर्ने हुन्छ।

साया राईको निर्माण र भगिराज राईको निर्देशन रहेको चलचित्र सायाबुङ्गमा सौजन सुब्बा,साया राई,सगुन सुसारा, निशा राई र राहुल बोगिको राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रमा गायक गायिका दीपक लिम्बु, रजिना रिमाल, दिपा लामा र उदय नेम्बाङ्गको स्वर रहेको छ भने,भगिराज राई र उदय नेम्बाङ्गको शब्द रहेको छ । यस चलचित्रमा संगीत भक्त्त सुनुवार र उदय नेम्बाङ्गको रहेको छ। धनु ज्ञाङ्मि मगरको पार्श्व संगीत,देवजङ्ग थापाको छायाङ्कन र् शौखिन तिमल्सिनाको सम्पादन रहेको चलचित्र सायाबुङ्गलाई नेपाल सरकार केन्द्रीय चलचित्र जांचपास समितिले सबैवर्गको र्दशकहरुले हेर्न मिल्ने भएकाले युनीर्भसल सर्टिफिकेट प्रदान गरिएको बाताएको छ। यो चलचित्रलाई पाँचथर जिल्लाको बिभिन्न रमणिय स्थलहरुमा छायाङ्कन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्