९६ वर्षकी सासुआमा पढाइमा प्रथम हुँदा ज्वाइँ चाहिँ ८८ औँ नम्बरमा खुम्चिए

 कार्तिक २७ गते  / पढाइ लेखाइलाई उमेरले छेक्दैन । भारतमा एक ९६ वर्षीया हजुरआमाले यो भनाइ पुष्टि गर्दै आफ्नो अब्बलता प्रमाणित गरेकी छन् । भारतको केरला सरकारद्वारा सञ्चालित प्रौढ साक्षरता कक्षाअन्तर्गत भएको परीक्षामा कार्तियानी अम्मा नामकी ती वृद्धा ९८ प्रतिशत अंक प्राप्त गरी प्रथम भइन् ।


परीक्षामा पढ्ने, लेख्ने तथा गणितका हिसाब गर्ने क्षमता जाँचिएको थियो । परीक्षामा अब्बल दरिएपछि हौसिएकी कार्तियानीले भनेकी छिन्, ‘अब मेरो पढाइ रोकिनेवाला छैन । छिट्टै म चौथो कक्षाको पढाइ पूरा गर्नेछु । फेरि आठौं र दशौं । सय वर्षकी हुँदा दश कक्षा पास गर्नेछु । त्यसपछि मैले सरकारी जागिर पाउनेछु भन्ने आशा छ ।’

त्यो परीक्षामा कार्तियानीजस्तै धेरै परीक्षार्थीहरु सहभागी थिए । कार्तियानीसँगै उनका ज्वाइँले पनि तेश्रो कक्षाको परीक्षा दिएका थिए । तर ती ज्वाइँले आफ्नी सासुले भन्दा १० नम्बर कम पाए । सासु प्रथम हुँदा ज्वाइँ चाहिँ ८८ औँ नम्बरमा खुम्चिए ।

९६ वर्षकी हजुरआमालाई केरलाका मुख्यमन्त्रीले प्रमाणपत्र प्रदान गरे । उक्त परीक्षामा करीब ४३ हजार परीक्षार्थी सहभागी थिए । कार्तियानी सबैभन्दा जेठी परीक्षाथी हुन् । उनले गणितमा ३० मा ३०, लेखनमा पनि ३० मा ३० र पठनमा ३० मा २८ नम्बर प्राप्त गरिन् ।

एजेन्सी


प्रतिक्रिया दिनुहोस्