समृद्धि र शान्तिको माग गर्दै सडकमा ३ किमि घस्रिए विराटनगरका मेयर

काठमाडौ‌ कार्तिक २८, / विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली तीन किलो मिटर घस्रिँदै घाट पुगेर छठ पूजा गरेका छन्। उनी विराटनगरको समृद्धि र शान्तिका लागि घस्रिएर साष्टांग दण्डवत गर्दै शिव पञ्चयन मन्दिरबाट परोपकार घाट पुगेका थिए ।

मेयर पराजुलीले मंगलबार दिउँसो साढे १२ बजेबाट दण्डवत यात्रा आरम्भ गरेका थिए। उनलाई तीन किमी यात्रा गर्न साढे तीन घण्टा लागेको थियो। उनीसँगै भतिजाहरु प्रमिस र मनीष पनि घस्रिएरै घाट पुगेका थिए।

मेयर पराजुलीले १५ वर्षदेखि छठ पूजा गर्दै आएको बताए।

‘पहिले म आफू र परिवारको रक्षाका लागि कठिन कार्य गरेर छठपूजा गर्थेँ, तर गत सालदेखि सम्पूर्ण महानगरवासीको सुरक्षा र समृद्धिको लागि पूजा गर्न थालेको छु, सकुन्जेल निरन्तरता दिन्छु’ मेयर पराजुलीले भने। आजको नयाँ पत्रिक दैनिकमा विराटनगरबाट गणेश लम्सालले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्