नेपालको इतिहासमा पहिलो महिला एआइजी डा. दुर्गा थापा

काठमाडौं २८, कार्तिक /  नेपाल प्रहरीको स्थापनाको ६३ वर्षपछि पहिलोपटक विशिष्ट श्रेणीमा महिला प्रहरी पुगेका छन् । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् । यसअघि नेपाल प्रहरीमा डिआइजी पदसम्म मात्र महिला पुगेका थिए ।


आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय सगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा। थापालाई मंगलबार एआईजीको दर्ज्यानी चिह्न लगाइदिएका छन् । एआइजीका रूपमा अब उनीले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नेछिन् ।

सात वर्षअघि पार्वती थापा र विमला थापा डिआइजीमा बढुवा भएका उनीहरूको अवकाश सोही पदबाटै भएको थियो । त्यसपछि उनीहरूलाई विशेष पद सिर्जना गरेर डिआइजी बनाइएको थियो ।

एआइजीमा पदोन्नति भएकी थापा दन्त चिकित्सक हुन् । दर्ज्यानी चिह्न ग्रहण गरेपछि उनले अस्पताललाई आधुनिक र अनुशासित बनाउँदै तथा त्यहाँ कार्यरत कर्मचारीको मनोबल उच्च राख्दै जिम्मेवारी सम्हाल्ने बताएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्