निर्मला हत्या प्रकरण : अनिश्चितकालीन धर्नामा विप्लवका नेताको पनि ऐक्यबद्धता

कञ्चनपुर २८,कार्तिक — छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मला पन्तका बुबाले सुरु गरेका अनिश्चितकालीन धर्नामा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य डिडी पाण्डेले एक्यवद्धता जनाएका छन् । मंगलबार धर्ना स्थलमा पुगेर पाण्डेले ऐक्यवद्धता रहेको जनाएको हुन् ।

पुरना कम्युनिष्ट नेता पाण्डेले लामो समयसम्म पनि निर्मलाका हत्यारा सार्वजनिक नहुनु दुःखद भएको बताए । आईतबारदेखि निर्मला पन्तका अभिभावकले प्रशासनको मुल गेटमा टेन्ट टाँगेर २४ घण्टे अनिश्चितकालीन धर्ना दिँदै आएको छ ।,आजको नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्