एम्बुलेन्सको ठक्कर बाट आठ वर्षीय बालकको मृत्यु

डोटी २८, कार्तिक / शैलेश्वरी अस्पतालको एम्बुलेन्सले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।  दिपायल सिलगढी नगरपालिका–४, पिपल्लाका आठ वर्षीय इशान कुँवरको मृत्यु भएको हो ।

से १ च १९७८ नम्बरको एम्बुलेन्सले ब्याक गर्ने क्रममा बालकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । शैलेश्वरी अस्पतालका निर्देशक आइजंग कुँवरका छोरा इशानको थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको शैलेश्वरी अस्पतालले जानकारी दिएको छ ।

एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस्