ताप्लेजुङमा खुकुरी प्रहारवाट घाइतेको काठमाण्डौंमा उपचार हुदै, स्वास्थ्य सुधार उन्मुख

ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिका ३ मा मंगलवार विहान भएको खुकुरी प्रहारवाट घाइतेहरुको काठमाण्डौमा उपचार भइरहेको छ ।
मंगलवार हेलिकप्टर चार्टर गरेर लगिएका चारजनाको टिचिङ अस्पतलामा उपचार भइरहेको परिवारले वताएका छन । घाइतेहरु सवैको बुधवार विहान सल्यक्रिया सम्पन्न भएको छ ।

घाईतेहरु सर्वैको अवस्था सुधारउन्मुख रहेको चिकित्सकहरुले बताएका छन ।फुङलिङ नगरपालिका ३ सशस्त्र प्रहरीको जाँच केन्द्र छेउ घरभएका विवस मगरले आज विहानै आफ्नै वहिनि र भाञ्जीहरुलाई घाइते बनाएका थिए । उनी आफुपनि घाइते छन । विवसको आजै अस्पतालले अप्रेशनको तयारी गरेको सँगै गएका वुवा गणेश मगरले वताए ।

तिहारमा भाइटिका लगाउन धनकुटावाट आएकी वहिनी रेनुका आज विहान घर फर्कन लागेकी थिइन । हिड्ने तयारी गरिरहेकावेला रेनुका र भान्जीद्धय ८ वर्षीय कृष्टिना र ६ वर्षीया ओरिना भुजेललाई विवसले खुकुरीले प्राहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लक्ष्मण थापामगरले वताए ।

विवसको पेटमा दुलो परेको थियो । भाग्नेक्रममा लडेर हो या हतियारको प्रयोग नखुलेको थापामगरले वताए । जिल्ला अस्पतालका डाक्टर चिरञ्जिवि खड्कालेपनि छुट्याउन नसकिएको प्रष्ट्याएका छन । ”गोलो खालको प्वाल परेकाले यकिन भएन” खड्काले भने । रेनुका, कृष्टिना र ओरिनाको अधिकांस चोट भने टाउकोमा छ । प्रहरीका अनुसार छोरी र नातिनीहरुसँगै वावु गणेश मगरपनि धरान जानलागेका थिए । उनी झोला लिन घरको माथील्लो तलामा गएको मौकाछोपी खुकुरी हानेको र कराउन थालेपछि भागेको प्रहरी निरिक्षक थापामगरले वताए । विवसलाई घरदेखि केही पर लडीरहेको अवस्थामा फेला पारिएको उनले जानकारी दिए ।

डिप्रेसनका कारण यस्तो घटना भएको हुनसक्ने आसंका प्रहरीको छ । डिप्रेसनको आसंकामा गतवर्ष भारतको सिलगुडी लगेर उपचार गरिएको भन्ने भनाइ आएको थापामगरले वताए । उपचारपछि बिस्तृत अनसन्धान गरिने थापामगर वताउछन ।

 


प्रतिक्रिया दिनुहोस्