डीएसपी श्याम राईलाई छाड्न अदालतको आदेश

काठमाडौं, २९ कात्तिक / व्यवसायीसँग घुस लिएको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईलाई छोड्न अदालतले आदेश दिएको छ । बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ उनलाई छोड्न अदालतले आदेश दिएको हो । विशेष अदालतले बिहीबार राईलाई घुस बराबरको रकम धरौटीमा लिएर छाड्ने आदेश दिएको हो ।

महानगरीय प्रहरी वृत्त, बौद्धका तत्कालिन प्रमुख राई २० असोजमा बालुवा व्यवसायीसँग व्यापार चौपट पारिदिने धम्की दिएर सेवाग्राहीसँग रकम असुली गर्दै गर्दा कार्यालयबाटै पक्राउ परेका थिए । न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनलाई छाड्ने आदेश दिएको अदालत स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्