सन्दीपले आईपीएल फेरी दिल्ली डेयरडेभिल्सबाटै खेल्ने

काठमाडौं / सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को आगामी सिजन पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् ।

गत सिजन सन्दीपले आईपीएलमा डेब्यू गरेका सन्दीप लामिछानेलाई  दिल्लीले १२औं सिजनको आर्इपीएलका लागि  उनलाई फेरी समाबेश गरेको हो । गौतम गाम्भीर लगायतलाईका खेलाडीलाई रिलिज गरेको उसले सन्दीपसहित १४ जनालाई भने फेरी समाबेश गरेको छ ।

दिल्लीको अघिल्लो चरण पुग्ने सम्भावना सकिएपछि तीन खेलमा अबसर पाएका उनले आफूलाई सावित गरेका थिए । अष्ट्रेलियाको बिग बास लिग समेत खेल्दै गरेक  उनले विभिन्न लिग खेलिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्