नेपाली मजदुरको मलेसियामा मृत्यु

दार्चुला, ३० कात्तिक / मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले जनाएको छ । धामी एक होटल नजिकै मृत फेला परेका थिए । मृत्यु के कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न नसकेको मृतकका काका धरमसिंह धामीले बताउनुभयो ।

घर परिवारको एक मात्रै सहारा धामीको मृत्युले परिवारजन शोकमग्न भएका छन् । धामीका ८ र ४ वर्षीय दुई छोरा र तीन वर्षीय छोरी छन् । छोरी जन्मेपछि विदेशमा धन कमाउने अभिलाषा लिएर गएका धामीको मृत्युको खबरपछि पुरै गाउँ शोकमा डुबेको स्थानीय लोकेन्द्रसिंह धामीले बताउनुभयो । मृतकको शव नेपाल ल्याउनको लागि पहल शुरु गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्