नेदरल्याण्डसंग विश्वकप विजेता फ्रान्स स्तब्ध

मङ्सिर १ /   युईएफए नेसन्स लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा नेदरल्याण्डले विश्वकप विजेता फ्रान्सलाई २-० ले हराएको छ ।

घरेलु मैदानमा नेदरल्याण्डलाई जित दिलाउन जर्जिनियो विज्नाल्डम र मेम्फिस डिपेले एक एक गोल गरे ।
पहलो हाफको ४४ औं मिनेटमा विज्नाल्डमको गोलबाट नेदरल्याण्डले अग्रता बनाएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा पाएको पेनाल्टीमा डिपेले गोल गर्दै नेदरल्याण्डलाई २-० को जित दिलाए । घरेलु टोलीविरुद्ध फ्रान्सले गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।

यो जितसंगै समूह ए लिग १ को नेदरल्याण्डले ३ खेलबाट ६ अंक जोडेको छ । नेदरल्याण्ड दोस्रो स्थानमा छ । फ्रान्स ४ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ । यस समूहमा १ अंक जोडेको जर्मनी पुछारमा छ । नेदरल्याण्डको जितसंगै जर्मनी रेलिगेसनमा परेको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्