ए डिभिजन लिगमा मनाङसँग एनअारटी पराजित

काठमाडौं / सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा मनाङ मर्स्याङ्दीले न्यू रोड टिम (एनअारटी) लाई २-० ले पराजित गरेको छ ।

आजको खेमला मनाङले १७औं मिनेटमा अग्रता लिको थियो । उसका लागि अन्जन विष्टले गोल गरे । त्यसपछि ३९औं मिनेटमा ओलावलेले गोल गरेर टोलीलाई फस्ट हाफमा २–० को अग्रता दिलाए । दोस्रो हाफमा पनि मनाङले अाक्रमक खेल जारी राख्यो । अाडिलेजे सोमिडेले दोस्रो हाफको मध्यतिर गोलरक्षकलाई बिट गरेपनि गोल गर्न सकेनन् । अशोक थापामगरले फ्रिकिकमा गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो ।

वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका डोना थापाले अन्तिम मिनेटमा खाली पोस्टमा पेनाल्टी क्षेत्र बाहिरबाट बललाई पोस्टको दिशा दिन सकेनन् । त्यसपछि दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल मनाङले २–० ले जित्यो ।

यो खेल जितेको मनाङलाई ठूलो झट्का लागेको छ । उसका नयाँ खेलाडी प्रकाश बुढाथोकी घाइते भएका छन् । प्रकाश खेल सुरु हुनासाथ भाइते भएका थिए । लगातार दोस्रो जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा छ । एनअारटी भने १ अंकसहित मध्य तालिकामा छ ।


प्रतिक्रिया दिनुहोस्