आग्लो प्रहार गरी आफ्नै श्रीमतीको हत्या

जिरी, ११ मङ्सिर / दोलखाको जिरी नगरपालिकामा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिरी नगरपालिका–९ ठूलोपातलका ३५ वर्षीय तस्बीर तामाङले आफ्नै श्रीमती ३३ वर्षीया राममायाँ तामाङको हत्या गरेका हुन् ।

तामाङले सोमबार साँझ सामान्य घरायसी विवादपछि श्रीमतीलाई आग्लो प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमान्ले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा श्रीमती राममायाँको घटनास्थलमा नै मृत्यु भएको हो ।

सालोको विवाहका लागि ससुरालीमा गएका तामाङ श्रीमतीको हत्यालगत्तै फरार रहेको प्रहरी निरीक्षक काफ्लेले बताउनुभयो । मृतक राममायाँको शव जिरी अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्