सरसफाईको लागि खानेपानी मन्त्रालय र जनकपुरधाम उप–महानगरपालिकाबीच २ अर्बको सम्झौँता

जनकपुरधाम ११,मंसिर / खानेपानी मन्त्रालय र जनकपुरधाम उप–महानगरपालिकाबीच मंगलवार २ अर्ब १० करोड रुपैयाँको सम्झौँता भएको छ । मंगलवार खानेपानी मन्त्रालयले जनकपुरधाम उपमहानगरसँग जनकपुर सरसफाई तथा पोखरी सम्बद्र्धन योजनाको लागि सो सम्झौँता गरेको हो ।

जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालयका पदाधिकारीहरुबीच ३१ वटा पोखरी र रंगभूमी मैदान वाह्र विघा० को अन्तर्राष्ट्रिय स्तरको मैदानको रुपमा विकास गर्नका लागि सम्झौँता भएको जनकपुर उपमहानगरपालिकाले जनाएको छ ।

सम्झाँैतामा जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा २५ का वडाध्यक्ष उमेश यादव र खानेपानी मन्त्रालयका सिडिइ रामकुमार श्रेष्ठ, महानिर्देशक सुनिलकुमार दास र आयोजना तर्फवाट इन्जिनियर सुधिरकुमार साहले हस्ताक्षर गरेका छन् । आयोजना प्रमुख विद्यानाथ भट्टराई र मेयर लाल किशोर साहले प्रमाणिकरण गरेका थिए ।

महानिर्देशक सुनिलकुमार दासको अध्यक्षतामा बसेको वैठकवाट सो सम्झौता गरिएको हो । वैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, उप–महानगरपालिकाका मेयर साह, खानेपानी तथा ठल व्यवस्थापन विभागका मिना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्